के ट्रम्पले चुनावअघि नै ‘कोरोना भ्याक्सिन’ को घोषणा गर्लान्?

अगस्ट महिनाको तेस्रो साता। रिपब्लिकन पार्टीको महासभा हुन केही दिन मात्र बाँकी थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प जहाँ महासभालाई लिएर उत्साही देखिन्थें, व्हाइट हाउसका अन्य पदाधिकारी भने निकै निरास थिए। किनभने महासभामा कोरोनाविरूद्धको लडाईमा जनतालाई आश्वासन दिन सरकारसँग अघिल्लो योजना केही थिएन। 

‘ब्लड प्लाज्मा’ अर्थात कोरोनामुक्त बिरामीको शरीरबाट रगत निकालेर कोरोना संक्रमितमा प्रयोग गर्ने कानुनलाई ट्रम्प सरकार छिटो स्विकृति प्रदान गर्न चाहन्थ्यो। तर, काम अगाडि बढिरहेको थिएन। राष्ट्रिय स्वास्थ्य विभाग (एनआईएच) ‘ब्ल्ड प्लाज्मा’ ले संक्रमितमा अन्य किसिमको समस्या निम्त्याउँछ कि निम्त्याउँदैन भन्ने कुरा सुनिश्चित नभई स्विकृति दिन हिचकिचाईंरहेको थियो। करिब दुई सातासम्म यस विषयमा कुनै निर्णय हुन सकिरहेको थिएन। 

यसैबीच १९ अगस्टमा ट्रम्पले स्वास्थ्य विभागका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सलाई फोन गरें। उनले टेलिफोन कुराकानीकै क्रममा डाक्टर कोलिन्सलाई स्पष्ट सन्देश दिए, शुक्रबारसम्म काम पुरा भइसक्नुपर्नेछ। 

स्वास्थ्य विभागको शंका निवारणका लागि अन्त्यमा गर्नुपर्ने तथ्यांकको पुनरावलोकन (डेटा रिभ्यू) को काम ‘फुड एण्ड ड्रग’ विभाग (एफडिए) ले पुरा गर्न सकेन। त्यसैले स्वास्थ्य विभागले राष्ट्रपतिको आदेशअनुरुप तोकिएको समयमा रिपोर्ट बुझाउन सकेन।

तर, महासभामा राष्ट्रपति ट्रम्पले घोषणा गरें– कोरोनासँग लड्न एफडिएले ‘प्लाज्मा थेरापी’ लाई स्विकृति प्रदान गरिसकेको छ। 

उनले महासभामा यतिमात्र भनेनन्। बोल्ने क्रममा उनले ठूलो मात्रामा ‘प्लाज्मा थेरापी’ हुने घोषणा गरें। यसले कोरोनाबाट मर्नेको संख्यालाई ३५ प्रतिशतसम्म घटाउन सहयोग पुग्ने तथ्यांक नै अघि सारें। 

वास्तवमा ट्रम्पले स्वास्थ्य विभागका निर्देशक कोलिन्सलाई गरेको त्यो टेलिफोन ब्हाइट हाउसको दबाबपूर्ण चुनावी अभियान थियो। यसलाई एक प्रकारले स्वास्थ्य संस्थामाथि आफ्नो कुरा लाद्न खोजिएको रूपमा बुझ्दा फरक पर्दैन। 

‘प्लाज्मा थेरापी’ लाई स्विकृति प्रदान गर्दै व्हाइट हाउस यो प्रमाणित गर्न चाहन्थ्यो कि कोरोनाविरूद्धको लडाईमा अमेरिकाले नयाँ अस्त्र फेला पारेको छ। अमेरिकामा कोरोना महामारीबाट २ लाखको हाराहारीमा मानिसहरूको निधन भइसकेको छ। राष्ट्रपति ट्रम्प आलोचनाका बीच यो प्रमाणित गर्ने अभियानमा छन्, कोरोनाको लडाईमा पछिल्लो समय केही प्रगति भएको छ। 

ट्रम्पको घोषणाले अमेरिकी वैज्ञानिक तथा स्वास्थ्य विभागमा कार्यरत चिकित्सकहरू यतिबेला दबाबमा छन्। चुनावअगाडि ट्रम्पले कुनैपनि हालतमा भ्याक्सिन बजारमा ल्याउन आफूहरूलाई थप दबाब दिने हुन कि भन्ने त्रास उनीहरूमा छ। भ्याक्सिनको प्रभाव र सुरक्षालाई बेवास्था गर्दै बजारमा ल्याउन स्विकृति प्रदान गर्ने हुन कि भन्ने अर्को डरले पनि उनीहरूको मनमा डेरा जमाएको छ। 

‘प्लाज्मा थेरापी’ लाई स्विकृति दिएको घोषणा गर्नेदिन ट्रम्पले व्हाइट हाउसमा कोलिन्सलाई बोलाएका थिए। उनको पहिले कोरोना परीक्षण गरियो।

यसपछि ‘रुज्वेल्ट रुम’ मा लगियो। उनी कोठामा प्रवेश गर्दा पहिलेदेखि नै व्हाइट हाउसका कर्मचारी उनलाई कुरेर बसेका रहेछन्। उनीहरूले ‘ब्रिफिङ रुम’ मा पत्रकारसँग कुराकानी गरें। यी सबै गतिविधि डाक्टर कोलिन्स र डाक्टर पिटर मार्क लाचार भएर हेरिरहेका थिए। डाक्टर पिटर एफडिएको उच्च ओहोदामा कार्यरत रेगुलेटर हुन्। उनको काम भ्याक्सिनलाई स्वीकृति प्रदान गर्ने हो। 

पत्रकार सम्मेलनमा व्हाइट हाउसका कर्मचारी ‘प्लाज्मा थेरापी’ को प्रभावलाई बढाईंचढाईं प्रस्तुत गरिरहेका थिए। यसपछि नै ‘प्लाज्मा थेरापी’ को चर्चा चुलिएको थियो। घोषणा सकिएपछि डाक्टर कोलिन्स व्हाइट हाउसबाट बाहिरिए। 

तर, यसलाई स्विकृति प्रदान गर्ने डाक्टर पिटरलाई भने राष्ट्रपति ट्रम्प र उनका केही वरिष्ठ सहयोगीसँग कुराकानी गर्न ओभल कार्यालय पुर्‍याईयो। ओभलमा ट्रम्प केही मानिससँग पार्टी गरिरहेका थिए। यतिबेला उनी आफ्नो प्रिय खाना कप केक र व्हाइट आइसिङ लिँदै थिए। 

स्वास्थ्य विभागका पदाधिकारीले यो कुरा सुनेपछि उनीहरूलाई डर लाग्न थालेको छ। उनीहरू राजनीति र विज्ञानलाई जोड्ने संयन्त्र कमजोर भएकोमा दुःखी पनि छन्। यो सबै काम यस्तो बेला भइरहेको छ, मानिसहरू भ्याक्सिन र उपचारमा भइरहेको राजनीतिकरणलाई लिएर पहिलेदेखि नै त्रसिद् छन्। 

अमेरिकी निर्वाचन सुरु हुन डेढ महिनाको समय मात्र बाँकी छ। यस्तो अवस्थामा अमेरिकामा भ्याक्सिन र उपचारलाई लिएर दुई ठूला पार्टीहरू दुई खेमामा बाँडिएका छन्। यसको असर वैज्ञानिक र चिकित्सकमा पनि परेको छ। 

केही वैज्ञानिक र चिकित्सकको टिम अनुसन्धान तथा तथ्यांकको आधारमा भ्याक्सिन निर्माणको तयारीमा जुटेका छन् भने अर्कोतर्फ हचुवाको भरमा राष्ट्रपतिको आदेशलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्ने अभियानमा जुटेका छन्। 

ट्रम्पलाई विज्ञानप्रति कुनै आशक्ति छैन। उनी कोरोना संक्रमणलाई रोक्न असफल भइसकेका छन्। तर, उनी चुनावी हत्कण्डाका लागि कोरोनाको भ्याक्सिन छिटोभन्दा छिटो ल्याउने तयारीमा रहेको देखाउन भ्रमको खेति गरिरहेका छन्। 

न्युयोर्क टाइम्सबाट

प्रकाशित मिति: : 2020-09-16 08:49:39

प्रतिकृया दिनुहोस्