तिनकुनेको तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरिएकाे छ।
तीनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले जफत गरेकाे हाे।
अनुगमन समितिका सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना का अनुसार विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरिएकाे हाे। उक्त प्यास प्रहरीलाई बुझाइएकाे छ।
यस्तै सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई पनि समितिले कारबाही सिफारिस गरेको छ।
अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ। उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ।