डिश होमको द स्ट्रिङस् दोस्रो चरणमा

 डिश होमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका दी स्ट्रिङस् अडिसन राउण्डबाट १० प्रतियोगी छनौट भएका छन्। यारे सँगै उनीहरु अब दोस्रो चरणमा प्रवेश गरेको छन्।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनोटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुती डिश होमको फेसबुक पेजमा अपलोड गरी भोटिङ्गको आह्वान गरिसकेका छन् ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै उनीहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उद्देश्यले डिश होमले द स्ट्रिङस् सञ्‍चालन गरिरहेको छ ।

प्रकाशित मिति: : 2020-09-17 11:59:40

प्रतिकृया दिनुहोस्