विराटनगरमा ६६ वर्षीय कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

कोशी अस्पतालमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर ६ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए। 

योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २० पुगेको छ।

उनका अनुसार ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले उनलाई उपचारका लागि कोशी अस्पताल लगेका थिए।

बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको हाे।

 मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको यादवले बताए।
 

प्रकाशित मिति: : 2020-09-17 13:25:13

प्रतिकृया दिनुहोस्