काठमाडौं उपत्यकामा थपिए ६ सय १८ संक्रमित,देशभर १२४६

काठमाडौं उपत्यकामा एकैदिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरष, भक्तपुरमा २९ महिला र २१ पुरुष तथा ललितपुरमा ३१ महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको छ।

बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घन्टामा देशभर १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ४२८ महिला र ८१८ पुरूष छन्।

यससँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हाल मुलुकमा १६२४१ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ७९०३ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टायता कोरोना संक्रमितमध्ये १२४३ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ। यो कुल संक्रमितको ७२.०९ प्रतिशत हो।

पछिल्लो २४ घन्टाभित्र ४ जनाको मृत्यु भएको छ भने १८२ जना आइसियू र ३९ जना भेन्टिलेटरमा उपचाररत छन्।

हाल क्वारेन्टिनमा ७८८३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १०६४१ वटा पीसीआर नमूना परीक्षण भएको छ। यो सँगै कुल परीक्षणको संख्या ८८२९१५ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-17 16:46:26

प्रतिकृया दिनुहोस्