संविधान दिवसमा टेलिकमले ल्यायो युट्युब, फेसबुकमा अनलिमिटेड प्याक अफर

नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा अनलिमिटेड युट्युब, फेसबुक र एड-अन प्याक उपलब्ध गराउने भएको छ।

टेलिकमले बिहीबार विज्ञप्ती जारी गर्दै २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै प्रति प्याक ५५ रुपैयाँमा खरिद गर्न सक्ने जानकारी दिएको हो।

उक्त प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जानकारी जनाएको हो।

टेलिकमका अनुसार अनलिमिटेड प्याक मध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड-अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।

सो अनुसार यो प्याक असोज २, ३ र ४ गतेसम्म ५५५ रुपैयाँमा खरिद गर्न सकिनेछ। उक्त अफरहरु  *१४१५*११# डायल गरी प्राप्त गर्न सकिनेछन्।

प्रकाशित मिति: : 2020-09-17 21:32:29

प्रतिकृया दिनुहोस्