श्रवण दृष्टिविहिन भएका व्यक्ति तथा अभिभावकको जुम भेला

नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टिविहिन परियोजनाको आयोजनामा एक दिने श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुलाई श्रवणदृष्टि विहिन अपाङ्गताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

रूपन्देही श्रवणदृष्टि विहिन सञ्जालको अध्यक्ष टिकाराम भुषालको अध्यक्षता, नेपाल नेत्रहिन संघको महासचिव शिसिर खनालको प्रमुख आथिथ्यता, बहिरा महासंघ नेपाल श्रवणदृष्टिविहिन परियोजना व्यवस्थापक सानु खिम बाजा, रुपन्देही नेत्रहिन संघको अध्यक्ष कृष्ण बहादुर जि. सी. को विशिष्ट आथिथ्यता, श्रवण दृष्टिविहिन परियोजना एडबोकेसी अफिसर सदिक्षा सिंह, रुपन्देही परियोजना फोकल प्रर्सन दुर्गा दत्त जोर्शीको आथिथ्यता र रुपन्देही श्रवणदृष्टिविहिन परियोजना प्रशिक्षक टिकाराम पौेडेलको सञ्चालनमा भएको कार्यक्रममा २२ जना श्रवण दृष्टिविहिन बालबालिका अभिभावक तथा कमचारीहरुको उपस्थिति थियो।

 जुमको माध्यमबाट भएको कार्यक्रममा रूपन्देही परियोजना संयोजक प्रेम आचार्यले अपाङ्गता १० प्रकार त्यस भित्र पर्ने श्रवण दृष्टिविहिन अपाङ्गताको परिभाषा विभिन्न प्रकार, सञ्चार प्रकृया, समस्या साथै अरु अपाङ्गता भन्दा किन श्रवण दृष्टिविहिन अपाङ्गतालाई पृथक अपाङ्गताको रुपमा लिईन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए।

आचार्यले रूपन्देहीमा रहेका श्रवण दृष्टिविहिन बालबालिका तथा अभिभावकको समस्या बुझ्ने त्यस समस्याको समाधान गर्ने कोभिड १९ को प्रभावको कारण घर दैलो कार्यक्रमलाई स्थगित गरि नियमित फोन सम्पर्क गर्ने, दैनिकी क्रियाकलाप सिकाउने र सिकाउन उत्पेरित गर्ने समस्यामा परेका अभिभावकहरुलाई हालसम्म दोस्रो चरणको राहत तथा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको र विभिन्न किसिमका तालिमहरुमा अनलाईनको माध्यमबाट समावेश गरिएको जानकारी प्रदान गराए।

कार्यक्रममा रुपन्देहीमा विगत १ वर्ष ६ महिनादेखि स्थापना भएको रुपन्देही श्रवण दृष्टिविहिन संजालमा विगतमा समावेश सदस्य र सर्वेक्षणको क्रममा पाईएका श्रवण दृष्टिविहिन बालबालिका तथा अभिभावकहरुलाई समावेश गरि सञ्जाललाई सक्रिय बनाउनु पर्ने कुरा उठेको थियो। श्रवण दृष्टिविहिन बालबालिका तथा व्यक्तिको हकहित र अधिकारमा कृयाशिलता गराउन श्रवण दष्टिविहिन परियोजनाका मेनेजर सानु खिम बाजाले सुझाव दिए।

प्रकाशित मिति: : 2020-09-18 12:08:16

प्रतिकृया दिनुहोस्