अक्षय स्टारर 'लक्ष्मी बम' तिहारमा रिलिज हुने

एजेन्सी

मुम्बई

बलिउडको प्रतिक्षित चलचित्र हो, 'लक्ष्मी बम' । अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा अड्वानीको मुख्य भूमिका रहेको यस चलचित्रलाई दर्शकले कुरिरहेका छन् ।

यस्तैमा, बुधबार अक्षय कुमारले सामाजिक सञ्जालमा चलचित्रको टिजर रिलिज गर्दै चलचित्रको रिलिज मिति सार्वजनिक गरिदिएका छन् । अक्षयका अनुसार चलचित्रले तिहारलाई लक्षित गर्दै ९ नोभेम्बरमा रिलिज गर्ने पक्का गरेको छ ।

'लक्ष्मी बम' हलमा होइन, डिजिटल प्ल्याटफर्ममा रिलिज हुनेछ । चलचित्रलाई डिज्नी प्लस हटस्टरमा हेर्न पाइनेछ ।

पछिल्लो समय बलिउड चलचित्रहरु डिजिटल प्ल्याटफर्ममार्फत रिलिज भइरहेका छन् । ठूलो लगानीमा बनेको लक्ष्मी बमले पनि डिजिटल रिलिजलाई रोजेको हो ।

प्रकाशित मिति: : 2020-09-18 13:18:57

प्रतिकृया दिनुहोस्