नबिल बैंकका चाडपर्व योजनामा के के छन् सुविधा ?

नबिल बैंक लिमिटेडले विभिन्न चाडपर्व योजनाहरु सार्वजनिक गरेको छ । बैंकले कोरोना महामारीबाट परेको असर कम गर्ने गरी व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको हो ।

नेपालीहरूको मिहिनेत कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजना महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्‍याएको भन्ने विश्वास बैंकले लिएको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । त्यस्तै २ वर्ष भन्दा माथि र ५ वर्ष सम्मका व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ प्रतिशत भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।

साथै, कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।

घर कर्जामा : ७.४९ प्रतिशत
धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा : ७.९९ प्रतिशत
साना तथा मझौला कर्जामा:
 –एक करोड सम्मको कर्जामा : ७.४९ प्रतिशत
एक करोड भन्दा माथिको कर्जामा : ७.९९ प्रतिशत

बैंकका अनुसार यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।

सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-18 14:19:48

प्रतिकृया दिनुहोस्