सत्याग्रहको पाँचाै दिनः डा. केसीको स्वास्थ्य अवस्था नाजुक, अस्पताल जान मानेनन्

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा सत्याग्रह बसेका डा..गोविन्द केसीकाे स्वास्थ्य झनै नाजुक हुँदै गएकाे छ। 

सत्याग्रहको पाँचै दिन शुक्रबार उनमा कमजाेरी, चक्कर लाग्ने, मुटुकाे चाल बढ्दै जाने, मांसपेशी बाउडिने, छात्ति दुखेर सास फेर्न गाह्राे हुन् र पिसावकाे मात्रामा कमिकाे समस्या आएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. प्रविण कुमार गिरीले बताए। 

उनका अनुसार स्वास्थ्य अवस्था बिग्रदै गएपनि डा. केसीले चेकजाँच गराएका छैनन्।

'मुटुको धड्कन, रक्तचाप निरन्तर बढ्दै गएको अवस्थामा सुगरको औषधी सेवा गर्नुपर्ने हुन्छ,' उनले भने, 'तर डा. केसीले चिनीको मात्रा समेत जाँच गर्न मानेका छैनन्।'

शरीरमा पानीको मात्रा कम हुँदै जाँदा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ। त्यसका लागि अनिवार्य सलाईन पानी दिनुपर्छ। तर अनसनरत डा. केसीले सलाइन पानी समेत लिन नमानेको उपचारमा खटिएका डा. गिरीको भनाइ छ। यसका साथै उनी थप उपचारकाे लागि अस्पताल जान नमानेकाे डा. गिरीले बतााए। 

भदौ २९ गतेदेखि डा. केसी चन्दननाथ नगरपालिकाको रानीचौरस्थित बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रह बसेका छन्। उनले आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका

डा.केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: : 2020-09-18 16:02:41

प्रतिकृया दिनुहोस्