मध्यपुर थिमिका काेराेना संक्रमितकाे वीर अस्पतालमा मृत्यु

मध्यपुर थिमि नगरपालिका–५ चोंडेका कोरोना भाइरस संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ। 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार ७ दिनअघि कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका ७४ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो।

उपचारकै क्रममा ती पुरुषको शुक्रबार मृत्यु भएको जनाइएको छ। मेयर श्रेष्ठका अनुसार मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।  उनीहरु होम आइसोलेसनमै बसिरहेका छन्। 

यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। तीमध्ये मध्यपुर थिमि नगरमा मात्र मृत्यु हुनेको संख्या ११ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-18 16:25:15

प्रतिकृया दिनुहोस्