संविधान दिवसकाे उपलक्ष्यमा अमेरिकी विदेशमन्त्री पोम्पियोले दिए शुभकामना

संविधान दिवसकाे उपलक्ष्यमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी जनता र सरकारको तर्फबाट नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। 

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,‘म सबै नेपालीहरुलाई बधाई दिन चाहान्छु र यो महत्वपूर्ण दिन हर्षोल्लास साथ मनाउन आग्रह गर्दछु।’

उनले नेपालसँगको साझेदारीलाई निरन्तरता दिन र कोरोना महामारीको सामना गर्नु परेपनि आर्थिक सुधार, प्रकोप तत्परता र दिगो विकासमा सँगै काम गर्ने समेत बताएका छन्। 

‘सात दशकभन्दा बढी संयुक्त राज्य अमेरिका र नेपालबीच मैत्री र घनिष्ट सम्बन्ध छ। हामी स्थिर, समृद्ध र सार्वभौम भविष्यको लागि नेपाललाई सहयोग गर्न प्रतिबद्ध छौं,’ विदेशमन्त्री पोम्पियोले भनेका छन्।

यसैबीच संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् । 

अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, गणतन्त्र कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, लग्जेम्बर्ग, मालदिभ्स, म्यान्मा, नेदरल्याण्ड्स, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुसी महासङ्घ, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलङ्का र स्विट्जरल्याण्डका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई राष्ट्रिय दिवसका अवसरमा बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: : 2020-09-19 09:48:06

प्रतिकृया दिनुहोस्