डा. केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दिपप्रज्वलन

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा विगत ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यलाभको कामना गर्दै जुम्लामा दिपप्रज्वलन गरिएको छ।

जिल्ला सदरमुकाम खलंगाको बालमन्दिर नजिकै जुम्लाका युवा, नागरिक समाज र डा. केसीका समर्थक तथा शुभचिन्तकले दिप प्रज्वलन गरेर स्वास्थ्य लाभको कामना गरेका हुन्।

सडकमा ‘हामी गोविन्द केसीको समर्थक’ लेखेर दिपप्रज्वलन गरेका हुन्। 

डा. केसीको स्वास्थ्य सुधारका लागि सरकारलाई दिप्रज्वलन गरेर दवाव सिर्जना गरिरहेको नागरिक समाज जुम्लाले जनाएको छ। डा. साप जनताको स्वास्थ्य अधिकारका लागि लडिरहेका छन्। सरकार जनताको माग प्रति उदासिन छ।  नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने,‘केसीलाई मर्न दिदैनौँ। सरकारले समयमै अस्पतालसम्म लगेर ज्यान बचाउनुपर्छ।’

जिल्लास्थित युवा क्लव, सर्वसाधारण सबैले डा. केसीको सत्याग्रहमा समर्थन जनाएका छन्। नागरिक समाज जुम्ला र युवाहरुले डा. केसीको सत्याग्रहको पक्षमा हस्ताक्षर संकलन गरिरहेका छन्। डा. केसीको सहयोगी महेन्द्रबहादुर कार्कीका अनुसार सत्याग्रह स्थलमा पनि समर्थकहरुको निकै भिड लाग्ने गरेको छ। सरकार डा. केसीको सत्याग्रह प्रति बेखवर बनिरहेको छ। तर जुम्ली जनता र डा. केसीको समर्थक सुभेच्छुक सबै जिम्मेवारीपूर्वक साथ दिइरहेका छन्।’

डा. केसी अनसन बसेको बाबिरा मन्दिर र बालमन्दिरमा एकै साथ हस्ताक्षर संकलन कार्य भइरहेको छ। डा. केसीको अनसन प्रति निजी क्षेत्रको पनि समर्थन छ। कोराना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सामाजिक तथा ब्यक्तिगत दूरी कायम गरेर मात्र डा. केसीलाई भेट्ने व्यवस्था मिलाइएको छ। ६ मिटर टाढाबाट डा. केसीलाई भेट्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति: : 2020-09-19 19:30:53

प्रतिकृया दिनुहोस्