बार्सिलोनाले लगातार आठौं पटक जित्याे जोआन गाम्पर ट्रफी

बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ। 

शनिबार राति भएको खेलमा एल्चेलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले ट्रफी जितेको हो।

नयाँ सिजनको तयारीको रुपमा लिइएको खेलको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गरेको गोल नै बार्सिलोनालाई उपाधि दिलाउन प्रयाप्त बन्यो।  

उनले कप्तान लिओनल मेसीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई गोलको दिशा दिएका थिए।

याे खेलमा प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान मेसीसहित ग्रिजमन, फिलिपे कोउटिन्हो र अन्सु फातीलाई मैदानमा उतारेका थिए। 

प्रकाशित मिति: : 2020-09-20 05:55:05

प्रतिकृया दिनुहोस्