फरार दुई अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले फरार दुई अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरेको छ।

अदालतले वनरक्षक फुर्बा तामाङ समेतका कर्मचारीको जाहेरीका आधारमा मेचीनगर–९ का जय मेचे विरुद्ध झापा जिल्ला अदालतले तीन महिना कैद सजाय र ९ लाख ९४ हजार २ सय ६० रुपैयाँ जरिवाना तोकेको थियो।

दोषी करार गरेका उनीहरुलाई झापा प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो। 

वन पैदावारमा हानी नोक्सानी पुर्याएको मुद्दामा इलाम जिल्ला अदालतले मेचेलाई उक्त सजाय सुनाएको थियो। गत मंसिरदेखि फरार भएका मेचेलाई आज प्रहरीले पक्राउ गरेको हो।

यस्तै चोरी मुद्दाका अर्का फरार अभियुक्त भद्रपुर नगरपालिका–१ का ध्रुव तामाङ पनि पक्राउ परेका छन्। 

बालकृष्ण गिरीको जाहेरीका आधारमा झापा जिल्ला अदालतले तामाङलाई एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो।

प्रकाशित मिति: : 2020-09-20 18:45:32

प्रतिकृया दिनुहोस्