गेल र सन्दीप प्लेइङ ११ मा अटाएनन्

 इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिनै टाेलिकाे घाेषणा गरेकाे छ। 

 दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेइङ ११ मा चार विदेशी खेलाडीमा तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्टजे, ब्याट्सम्यान शिम्रन हेटमायर र अलराउन्डर मार्कस स्टोइनिस रहेका छन्।

सन्दीपलाई किंग्स इलेभेन पञ्जाबविरुद्ध बेन्चमा राखेको छ।

यता पञ्जाबले पनि क्रिस गेललाई बेन्चमा राखेको छ।

दुबईमा भएको टसमा पञ्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्।

पञ्जाबका कप्तान लोकेश राहुलले आफ्नो चार विदेशी खेलाडीमा ब्याट्सम्यान निकोलस पूरन, ग्लेन म्याक्सवेल, शेल्डन कटरेल र क्रिस जोर्डन रहेको बताएका छन्। पञ्जाबले राम्रो लयमा रहेका अफगानिस्तानका स्पिनर मुजिब उर रहमान र आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बेन्चमा राखेको छ।

प्रकाशित मिति: : 2020-09-20 19:36:53

प्रतिकृया दिनुहोस्