क्लिन फिड कार्यान्वयनमा ल्याउन निर्देशन

संसद्को विकास तथा प्रविधि समितिले क्लिन फिड तोकिएअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । 

सोमबार बसेको समितिको बैठकले सञ्चारसचिवसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । आउँदो ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी विज्ञापन ऐनको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

साथै समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई डाउनलिंक गरी प्रसारणमा रहेका टेलिभिजन च्यानलहरूलाई विज्ञापनरहित याने कि क्लिन फिड लागू गर्न पनि निर्देशन दिएको छ । 

साथै समितिले क्लिन फिड लागू गर्ने क्रममा विज्ञापनरहित तरिकाले प्रसारण हुन नसक्ने विदेशी टेलिभिजन च्यानलहरू रोक्न मन्त्रालयले गरिरहेको तयारी के–कस्तो छ ?, ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी टेलिभिजन च्यानलहरू रोकिने अवस्थामा रहेका छन् ?, र यसले पार्ने सकारात्मक र नकारात्मक असरबारे १५ दिनभित्र आफ्नो धारणा दिन मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति: : 2020-09-21 13:09:16

प्रतिकृया दिनुहोस्