रोल्पामा जोरविजोर प्रणालीबाट विद्यालय सञ्चालन हुने

रोल्पा सुनिलस्मृति गाउँपालिका सुलिचौरले असोज ११ देखि गाउँपालिका भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ।

कोभिड–१९ लाई मध्यनजर गर्दै सबै विद्यालयहरु दशै तिहारसम्म जोरविजोर प्रणालीबाट सञ्चालन गर्ने जनाएको छ। कोरोना संक्रमणको त्रासलाई मध्य नजर गर्दै जोरविजोर प्रणालीबाट बिद्यालय संचालन गर्ने निर्णय गरेको हो।  

एकदिन बिजोर अंकका कक्षाहरु संचालन हुनेछ भने अर्को दिन जोर अंकका कक्षाहरु संचालन गरिने छ। यसरी बिद्यालय संचालन गर्दा बिद्यार्थीहरुको भिडभाड कम गर्दै पठनपाठन संचालन गर्न सकिने छ।

गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीका अनुसार यसो गर्दा कोरोना महामारी रोकथाम गर्न मद्धत पुग्ने छ।

प्रकाशित मिति: : 2020-09-21 13:54:54

प्रतिकृया दिनुहोस्