पाकिस्तानी बलरको कीर्तिमान, चार योर्कर बलमा चार ब्याट्सम्यान बोल्ड

पाकिस्तानका तीब्र बलर साहिन अफ्रिदीले ४ बलमा ४ विकेट लिने कीर्तिमान बनाएका छन्।

उनले बेलायतमा भइरहेको वेन्टलिटी टि–२० लिग क्रिकेटअन्तर्गत मिडलसेक्सविरूद्धको खेलमा लगातार ४ विकेट लिएपछि आफ्नो टिम ह्यामसायरलाई जित दिलाएका थिए। 

उनी टि–२० फरम्याटमा ४ बलमा ४ विकेट लिने पहिलो बलर बन्न पुगेका छन्। उनले चारवटै बल योर्कर गरेका थिए।

ह्यामसायरले पहिलो इनिङमा बनाएको १ सय ४२ रनलाई पछ्याउने क्रममा मिडलसेक्सले १८ ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन बनाइसकेको थियो। जोन सिम्पसन अविजित ४८ रनमा खेलिरहेका थिए। जितका लागि मिडलसेक्सलाई १५ बलमा २७ रन आवश्यक थियो। जितको नजिक रहेको मिडलसेक्सविरूद्ध साहिनले १८ ओभरको तेस्रो बलमा सिम्पसनलाई प्रभावशाली योर्करमा बोल्ड गरे। उनले यसपछि आएका तीनजना ब्याट्सम्यानलाई पनि बोल्ड गरे। 

२० बर्षीय साहिनले ४ बल नै योर्कर गरेर ४ विकेट लिएका हुन्। पाकिस्तानी क्रिकेटमा यो पहिलो मौका हो, कुनै बलरले चार बलमै चारजनालाई बोल्ड गरेको। 

उनले १९ रन खर्चेर ६ विकेट लिएपछि खेलको पासा उल्टिएको हो।

प्रकाशित मिति: : 2020-09-21 17:20:59

प्रतिकृया दिनुहोस्