कोरोनाले काभ्रेमा थप एकजनाको मृत्यु

कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका ५, चौकोटको एक महिलाको मृत्यु भएको छ ।

५० वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि साेमबार मृत्यु भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण कमान्ड पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । 

 योसहित काभ्रेमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएका थिए।

हालसम्म काभ्रेको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको हो। 

प्रकाशित मिति: : 2020-09-22 10:15:38

प्रतिकृया दिनुहोस्