सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

नेपाली बजारमा मंगलबार सुनको तोलामा १७ सय रुपैयाँले घटेको छ । 

सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो। 

आज लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

प्रकाशित मिति: : 2020-09-22 11:57:29

प्रतिकृया दिनुहोस्