केन्द्रीय कारागारका कैदीको उपचारको क्रममा ज्यान गयाे, आफन्तद्धारा वीर अस्पतालमा विरोध

केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका कैदीको उपचारको क्रममा ज्यान गएपछि आफन्तले वीर अस्पतालमा विरोध जनाएका छन्। 

कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहेका ६३ वर्षका रामलखन जैसवाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि असोज ३ गते वीर अस्पताल भर्ना गरिएको थियो। 

उनको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो। 

स्वाब संकलन गरी भएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार बेलुका आएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए। र उनमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

जन्मकैदको सजाय भोगिरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिकाका जैसवाल मिगौलाका रोगी थिए। उनी २०८९ सालमा जेलमुक्त हुने थिए।

प्रकाशित मिति: : 2020-09-22 13:05:56

प्रतिकृया दिनुहोस्