गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरेका छन्। 

उनले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेका हुन्। उक्त पुरस्कारको राशि रु एक लाख ५१ हजार  छ । सो पुरस्कार गत वर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो । 

यस्तै ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सेतोपाटी डटकमलाई प्रदान गरिएको छ । राष्ट्रपति भण्डारीले सेतोपाटी डटकमका तर्फबाट  सम्पादक अमित ढकाललाई पुरस्कार प्रदान गरे। उक्त पुरस्कारको राशि रु ५० हजार  छ ।

उनले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरे। उक्त पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । 

कोभिड–१९ का कारणले यस वर्ष दुई पुरस्कारमात्र राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए। 

आजै काउन्सिलले घोषणा गरेका अन्य पुरस्कार भने सञ्चारग्राममा आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।

प्रकाशित मिति: : 2020-09-22 14:32:55

प्रतिकृया दिनुहोस्