कोरोना र लकडाउनमा पनि नियमित पढाइ भइरहेको पोखराको सरकारी स्कुल

युवराज श्रेष्ठ

कक्षाकोठामा जम्मा दुई जना विद्यार्थी एउटै डेस्कमा बसेका।  उनीहरूलाई नै सिकाउँदैथिइन्, शिक्षिका निरशोभा गुरूङ।

कास्कीको भुर्जुङखोलास्थित माछापुच्छ्रे मावि कक्षा–६ मा पढ्ने ती दुई विद्यार्थी ढिलो गरी भर्ना भएका थिए।

ढिलो भर्ना हुँदा छुटेको पढाई पुरा गराउन दुई जनालाई विद्यालयमा नियमित बोलाइएको थियो। उनीहरू एकसाता अघिमात्र भर्ना भएका थिए।

हप्ताको तीन दिन भने सबै विद्यार्थी विद्यालयमा हाजिर हुन्छन्। त्यतिबेला उनीहरू दुई जना पनि आउँछन्।

हामी पुगेको दिन अरू विद्यार्थी घरमै स्वअध्यन र विद्यालय शिक्षा लिइरहेका रहेछन्।  

‘अरूले घरमै पढिरहेका बेला कोर्स पूरा गर्न दुई जनालाई नियमित छुट्टै कक्षामा बोलाइएको हो, शिक्षिका गुरुङले भनिन्।

विद्यालयमा अहिले यसरी भर्ना हुनेको संख्या पहिले भन्दा बढी छ।

 

प्रकाशित मिति: : 2020-09-22 16:20:41

प्रतिकृया दिनुहोस्