१५ लाखमा ‘डिल’ भएकाे सुनगोहोरोसहित दुई जना पक्राउ

प्रहरीले कागेश्वरी मनोहराबाट दुर्लभ वन्यजन्तु सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने रामेछाप गोकुलगंगा गाँउपालिका ६ का २१ वर्षीय विशाल तामाङ र १९ वर्षीय सुभाष तामाङलाई पक्राउ गरेको हो।

उनीहरूले सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तुको विक्री वितरण गर्न चकलेट बट्टामा लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

उनीहरूबाट १.५ इन्च लामो जिउँदो सुनगोहोरो समेत बरामद गरेको बौद्धका डिएसपी नविन कार्कीले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘अभियुक्तलाई १५ लाखको डिल आएपछि रामेछापबाट सुनगोहोरो समातेर ल्याएका छन्,’ उनले भने,‘ कसलाई दिन लागिएकाे थियाे भन्ने कुराकाे थप अनुसन्धान गर्दै छाैं।’

साथै, अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंसँग समेत समन्वय गरी वन कार्यालय पठाउने व्यवस्था गरेको उनले बताए।

प्रकाशित मिति: : 2020-09-22 19:26:32

प्रतिकृया दिनुहोस्