३८५ परिवारलाई खाद्यान्न

रासस

तनहुँ
सांकेतिक तस्बिर

जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी गु्रपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको फुड बैंकमार्फत दुई पालिकाका ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ।

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानअनुरुप एक हप्ताको अवधिमा बन्दिपुर र भानुनगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो। 

बन्दिपुर–१ डुम्रेमा तीन दिन, भानु नगरपालिका–२ को नारेश्वरटारमा तीन दिन र भानु–१ स्थित सालबिस्नेमा एक दिन गरी सात दिन फुड बंैकमार्फत खाद्यन्न वितरण गरिएको हो। कोभिड–१९ का कारण रोजगार गुमाएका, वृद्धवृद्धा, आपङ्ग, न्यून आए भएका र बिहान बेलुका खान धौधौ भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको गु्रपका संयोजक विक्रम गुरुङले जानकारी दिए। 

एक हप्ताअघि डुम्रेबाट कार्यक्रम शुरू गरेको गु्रपले प्रतिपरिवार चार केजी चामल, एक पोका नुन, एक/एक पोका तेल, मसला, तरकारी र सोयाबिन वितरण गरेको हो। फुड बैंक सञ्चालनका लागि गु्रपका सदस्यहरु, देश विदेशमा रहेका व्यक्ति तथा शुभचिन्तक दाताहरुबाट सहयोग जुटाएर सहयोग गरिएको संयोजक गुरुङले बताए। 

प्रकाशित मिति: : 2020-09-23 09:38:38

प्रतिकृया दिनुहोस्