एनएमबि म्युचुअल फण्डको दुबै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य भदौ मसान्तसम्ममा वृद्धि भएको छ। एनएमबि फिप्टी र एनएमबि हाईब्रिड फण्ड एल– १ को प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको हो । 

एनएमबि हाईब्रिड फण्ड एल– १ को साउन मसान्तसम्ममा प्रतिइकाई सम्पत्तिको खुद मूल्य रू. ११ दशमलव ५० रहेकोमा भदौ मसान्तमा वृद्धि भएर रू. १२ दशमलव १० पुगेको छ। 

त्यसैगरी एनएमबि फिप्टीको भदौ मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ११ दशमलव ४१ पुगेको हो । 

उक्त योजनाको उक्त मूल्य साउन मसान्तमा रू. १० दशमलव ९७ थियो । उक्त योजनाले भदौ मसान्तसम्ममा रू.६ करोड ३० लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तमा रू. ८१ लाख ५३ हजार थियो । 

योजनाले लगानी गरेका कम्पनीको शेयर मूल्य वृद्धि भएपछि नाफा बढेको हो । भदौ मसान्तसम्ममा योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ९० करोड ३३ लाख रहेकोमा यसको बजार मूल्य रू.९९ करोड ८३ लाख पुगेको हो । 

त्यसैगरी एनएमबि हाइब्रिड एल– १ ले भदौ मसान्त सम्ममा रू.६ करोड १६ लाख नाफा कमाएको छ । साउन मसान्तमा योजनाले रू. २२ लाख ३१ हजार नाफा कमाएको थियो । 

योजनाले सूचीकृत तथा सूचीकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ८४ करोड ५३ लाख रहेकोमा यसको बजार मूल्य रू.८६ करोड ३७ लाख पुगेको छ ।

भदौ मसान्तसम्ममा ती दुबै योजनाको लागत मूल्यभन्दा बजार मूल्य बढी छ । सोही कारण ती योजनाको नाफा र प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको हो ।

प्रकाशित मिति: : 2020-09-23 12:25:32

प्रतिकृया दिनुहोस्