पहिराबाट भत्कियो गोठ, एक बेपत्ता

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका २ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन्। 

अविरल वर्षात्का कारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्कविहीन  भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
 
रिजालका अनुसार गोठमा रहेका दुई भैँसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरीचौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ । 

प्रकाशित मिति: : 2020-09-23 19:42:54

प्रतिकृया दिनुहोस्