उमेर थपिएका पञ्चानब्बे वर्षका मान्छे

कृष्णहरि बास्कोटा

मेरा पिताश्री हरिहर बास्कोटा वि.सं. १९८३ असोजमा जन्मिनुभएको हो । हाल उहाँ ९५ वर्षको नजिकमा हुनुहुन्छ । उहाँको नाता र जातभातसम्बन्धी पक्षहरु घत लाग्दा रहेका छन् । बाबु–छोराबीच भएका कुराकानी त्यसबखतको नेपाल बुभ्mन पाठकहरुलाई पनि उपयोगी हुने ठानी सार्वजनिक गर्दै छु ।

बास्कोटाको वंशमा दिवाकर बास्कोटा धादिङको केवलपुरमा बसाइँ सरेर आउनुभयो । उहाँका छोरा रेवतीरमण बास्कोटा अमिनीको लेप्टेन हुनुहुन्थ्यो । जागिरको सिलसिलामा उहाँ जनकपुरमा रहँदा छोरा सिद्धिप्रसाद बास्कोटाको जन्म भयो । हुर्किएपछि उहाँ चन्द्र शमशेरको भण्डारे खरिदार हुनुभयो । तर सिद्धिप्रसादका पिता रेवतीरमणको ३६ वर्षको अल्पायुमै मृत्यु भई उहाँ टुहुरो हुन पुग्नुभयो ।

सिद्धिप्रसादको १२ वर्षको उमेरमा रुपिंग, धादिङका अधिकारीकी छोरीसँग विवाह भयो । यस विवाहबाट सिद्धिप्रसादका दुई सन्तान जन्मिए । छोरा रामजीप्रसाद बास्कोटा र एक छोरी । छोरीको विवाह रुपाखेती परिवारमा भयो । छोरा रामजीको विवाह मान्खुकी कन्यासँग भयो ।

प्रकाशित मिति: : 2020-09-23 20:17:14

प्रतिकृया दिनुहोस्