धोबी खोलाले एक व्यक्तिलाई बगाएको छ।
दिनभर परेको वर्षाको कारण आएको बाढीले दोलखा घर भएका करिव ६५ वर्षीय हरीबहादुर कार्कीलाई बगाएको हो।
‘मानिस बगाएको जानकारी आएपछि हामीले खोजी गरिरहेका छौं,’ महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र कुमार बस्नेतले भने।
हराएका वृद्ध कालोपुल क्षेत्रमा सानो तरकारी पसल गर्दै आएका थिए।
साँझ ५ बजेर ४० मिनेटमा बगाएको जानकारी आएको प्रहरीले जनाएको छ।