जेब्रा क्रसिङमा मोटरसाइकल र बस ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं महानगरपालिका ३ महाराजगञ्जस्थित शिक्षण अस्पतालको गेटअगाडि मोटरसाइकल र बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

बुधबार दिउँसो दुर्घटनामा गम्भीर घाइते भएकी बुढानिलकण्ठ नगरपालिका ६ की २६ वर्षीया अनुपा कार्कीको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीका अनुसार सडकको जेब्रा क्रसिङमा हालसम्म नम्बर नखुलेको मोटरसाइकल र बा ११ च नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गएको हो।

गाडी र चालकलाई नियन्त्रणमा लिएको र फरार मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-24 14:01:29

प्रतिकृया दिनुहोस्