पाकिस्तानी आर्मीविरूद्ध विपक्षी दल आक्रामक

पाकिस्तानमा सेनामाथि प्रश्न उठाउनु लगभग असम्भव मानिन्छ। तर, पूर्व प्रधानमन्त्री नवाज शरीफ, उनको छोरी मरियम नवाज र पीपीपीका अध्यक्ष तथा बेनेजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीले पहिलो पल्ट पाकिस्तानी सत्तामा सेनाको हस्तक्षेंपको खुलेर विरोध गरेका छन्। 

उनीहरूले प्रधानमन्त्री इमरान खानलाई भन्दा पनि आर्मी प्रमुख जर्नेल कमर जावेद बाजवालाई लक्षित गरेका छन्। 

मरियमले बुधबार पत्रकारसँग कुराकानी गर्दै भनिन्, ‘सत्तासँग जोडिएको निर्णय संसद भवनमा हुनुपर्छ, आर्मी क्वाटरमा होइन।’ 

इमरान सरकारविरूद्ध यतिबेला विपक्षी दल एकजुट भएका छन् र उनीहरू इमरानलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने पाकिस्तानी आर्मीविरूद्ध आक्रामक देखिएका हुन्। 

१ अक्टुबरदेखि सबै विपक्षी दल मिलेर आन्दोलन गर्ने अभियानमा छन्। यसका लागि २१ सेप्टेम्बरमा सबै विपक्षी दलको बैठक पनि बसेको थियो। यही आन्दोलनको रणनीति तयार भएको बताइएको छ।

प्रकाशित मिति: : 2020-09-24 15:18:25

प्रतिकृया दिनुहोस्