बाँकेमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु

 बाँकेमा कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ।   

नेपालगञ्ज उपमहानगरपालिका ३ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको हो। 

कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मृतकलाई स्वास्थ्यमा समस्यामा आएपछि ६ गते अस्पताल भर्ना गरिएकाे थियाे।  सोही दिन स्वाब परीक्षण गर्दा मृतकमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

उनको दुवै तर्फको फोक्सोमा निमोनियाको समस्या थियो।

यस्तै ती व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। 

नेपालगञ्जका मात्रै ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

प्रकाशित मिति: : 2020-09-25 11:40:42

प्रतिकृया दिनुहोस्