तीन महिलामाथि बलात्कार प्रयास गरी फरार भएका दुई जना १० महिनापछि पक्राउ

 विराटनगरमा चार युवा मिलेर तीनजना महिलामाथि बलात्कार प्रयास गरिएको घटनामा संलग्न दुईजना १० महिनापछि पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय मोरङले चार जना महिलामाथि बलात्कार प्रयास आरोपमा विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम मियालाई आइतबार राति पक्राउ गरेको हो। 

उनीहरुलाई विराटनगर ८ कै सुकुम्बासी टोलबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। घटनामा संलग्न दुई जना २२ वर्षीय मोहमद फारूक मिया र २० वर्षीय मोहमद हसरत मिया अझै फरार रहेको प्रहरीले जनाएको छ। 

विराटनगर ८ स्थित अशोक चोकनजिक पक्राउ परेकासहित चार जना मिलेर २०७६ मंसिर ५ गते तीन महिलामाथि एकै पटक बलात्कारको प्रयास गरेको जानकारी राईले दिए। उनका अनुसार ३३, २७ र २२ वर्षीया महिलामाथि बलात्कारको प्रयास भएको हो। 

उनीहरूले हातहतियार देखाई करणी प्रयास गरेको डिएसपी राईले बताए।

'उनीहरूबीच चिनजान भएको देखिन्छ। उनीहरूमध्ये भर्खर दुई जना पक्राउ परेका छन्,'उनले भने,' हातहतियार देखाई करणी प्रयास गरेका थिए, अरु के कस्तो हो भन्ने अनुसन्धान पछिमात्रै थाहा हुन्छ।'

प्रहरीले पक्राउ परेकाविरुद्ध सोमबार जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित मिति: : 2020-09-28 13:10:32

प्रतिकृया दिनुहोस्