पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना गरी जम्मा ८१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी देशभर पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ। हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ छ।