कुनैबेला न्युर्योक कोरोना महामारीको ईपिसेन्टरका रुपमा चिनिन्थ्यो। घरबाट बाहिर निस्कन कसैका लागि सन्भव थिएन।
त्यहीँ संकटका बेला कोरोना महामारीबाट प्रभावित नेपाली समुदायको घर घरमा गई अति आवश्यक वस्तुहरू खाद्यान्न, औषधिलगायतका बस्तु पुर्याउने न्युर्योक निवासी छिरिङ राक्पे लामालाई सम्मान गरिएको छ।
कोरोना महामारी न्युर्योकमा चुलिएको बेला लामाले नेपाली समुदायमाथि पुर्याएको योगदान बारे समाचारसमेत सम्प्रेषण गरेको थियो। स्याङ्जा समाज अमेरिकाको प्रथम साधारण सभामा लामालाई सम्मान गरिएको हो।
अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने स्याग्जालीको सहभागिता रहेको कार्यक्रममा समाजका सभापति विरेन्द्र जङ केसी, समाजका संरक्षक एव् समाजसेवी श्यामकाजी गुरूङ, समाजका सदस्य दिनेश भन्डारीलगायतका वक्ताले सम्मान गरेका थिए।
सम्मानित लामाले प्रवासमा रहेका नेपालीलाई पुर्याएको योगदानबारे चर्चा गर्दे प्रवासमा सवै नेपालीहरुमा एकता खाँचो रहेको औल्याए।
स्याग्जा समाज अमेरिकाले नेपालमा बाढी पीडित, भूकम्प पीडितलाई सहयोग गर्दै आएको छ।