ठूला उद्योगको प्राथमिकतामा पर्दैनन् स्वदेशी कामदार, उद्योगी भन्छन्– यूनियन खोल्ने र हडतालको डर हुन्छ

विश्वव्यापी कोभिड–१९ महामारीको असरले विभिन्न देशमा काम गुमाएर फर्किनेहरू बढेका बेला सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने बताइरहेको छ। तर, मुलुकका ठूला उद्योगमा स्थानीय एवम् स्वदेशी कामदारलाई काम पाउनै मुश्किल छ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीका अनुसार, रुपन्देही जिल्लामा सिमेन्ट, छड, मैदा, तेल, प्लाइउडका गरी ठूला उद्योगको संख्या एक सयभन्दा बढी छ। तर, यी उद्योगले कामदारको रुपमा स्थानीयलाई प्राथमिकतामा राख्ने गरेका छैनन्। सबै उद्योगले भारतीय कामदारलाई रोज्दा आफूहरुले कामको अवसर नपाएको स्थानीयहरु बताउँछन्।

रुपन्देहीको रोहिणी गाउँपालिका–४ का सञ्जय रौनियार ठूला उद्योगमा काम गर्ने सय जनामध्ये पाँच जना मात्र स्थानीय भएको बताउँछन्। उनी भन्छन् “यहाँ उद्योग स्थापना भए भनेर के गर्नु, स्थानीयले रोजगारी पाउँदैनन्। सबैले भारतबाट कामदार ल्याएर काम लगाउँछन्।”
रुपन्देहीको मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी पनि रुपन्देहीको लुम्बिनी करिडोर तथा भैरहवा–परासी सडकमा स्थापित उद्योगहरुले स्थानीयलाई रोजगारीमा प्राथमिकता नदिएको बताउँछन्। उनका अनुसार, दुई-तीन सय मजदूर काम गर्ने उद्योगमा करीब पाँच जना स्थानीयले मात्र रोजगारी पाएका हुन्छन्। 

प्रकाशित मिति: : 2020-09-29 13:04:12

प्रतिकृया दिनुहोस्