बलात्कारीलाई फासी नभए पनि लिंगछेदन र श्रम शिविरको व्यवस्था गर्नुपर्छ: सांसद विन्दा पाण्डे

देशसञ्चार

काठमाडाै‌

हिजो हामी अनौपचारिक रुपमा बसेका हौं। काठमाडौँमा भएका ३२ जना महिला सांसदहरु सहभागी भएका थियौँ। पछिल्लो समय जसरी किशोरी बालिकामाथि बलात्कार गरेर हत्या गर्ने शृंखला भइरहेको छ, यो चाहिँ जघन्य खालको घटना हुँदा हामी जनप्रतिनिधि हुँदा टुलुटुलु हेरेर मात्र बसिरहने कुरा हुँदैन।

त्यस हिसाबले यो विषयमा हाम्रो भूमिका के हुन्छ, के हुनुपर्छ भन्ने विषयमा साझा धारणा बनाउन छलफल गरेका हौँ।

छलफलमा तीन चारवटा कुरा उठेको छ। बहुदल आएको ३० वर्ष भयो। गणतन्त्र आएको पनि १५ वर्ष हुन थाल्यो तर जबरजस्ती करणी मुद्दामा पञ्चायत बसेर मिलापत्र गर्ने चलन अझै हराएको छैन। जसले यस्ता घटनामा मिलापत्र गर्छ, त्यस्ता व्यक्ति घर परिवारका सदस्य हुन्, आफन्त हुन्, जनप्रतिनिधि वा सरकारी अधिकारी नै किन नहुन् उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।

प्रकाशित मिति: : 2020-09-29 18:04:24

प्रतिकृया दिनुहोस्