कञ्चनपुरमा निषेधाज्ञा खुकुलो, राति साढे ८ बजेसम्म होटल खोल्न पाइने

कञ्चनपुरमा आज रातिबाट निषेधाज्ञा खुकुलो पारिएको छ। 

जिल्ला प्रशासन कार्यालयमा  मंगलबार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो। 

बैठकले निषेधाज्ञाको समय राति साढे ८ देखि बिहान ५ बजेसम्म तोकेको छ।

यसअघि साझसम्म साढे ६ देखि बिहान ५ वजेसम्म निषेधाज्ञा तोकिएकोमा मंगलवार रातिबाट खुकुलो पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए। 

यसैगरि नाकामा भइरहेको आवागमनको समयपनि बढाइएको छ। कामका लागि भारत जाने र भारतबाट घर फर्किनेहरुका लागि अब बिहान ६ देखि साँझ ८ वजेसम्मको समय तोकिएको छ। 

मंगलबारसम्म बिहान ६ देखि १० बजेसम्म मात्रै आउजाउ खुला गरिएको थियो।

कोरोना संक्रमणका कारण भारतबाट घर फर्किने क्रम अहिले पनि जारी छ। यसैगरि कामको खोजीमा भारत पस्ने पनि रोकिएका छैनन्। 

घर फर्किने दैनिक ६०/७० जनाको हाराहारीमा छन भने भारत पस्ने संख्या ८०/९० सम्म पुग्छ।
 

प्रकाशित मिति: : 2020-09-29 18:16:22

प्रतिकृया दिनुहोस्