चीनतर्फको १२ नम्बर पिलर नयाँ बनाएको भेटियो, नेपाल सरकारलाई थाहा छैन

 हुम्लाको उच्च स्थानमा चीनसँगको सीमामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको पाइएको छ।

सीमा निरीक्षणका लागि हुम्लाको लाप्चा क्षेत्रको ललुङजोङ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले सीमा स्तम्भ पुनर्निर्माण गरेको पाएको हो। देशसञ्चारको स्थलगत रिपोर्टिङका क्रममा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेना लामाले पुरानो सीमा स्तम्भलाई भत्काएर नयाँ बनाएको देखिएको जानकारी दिइन्।

उनले आइतबार १२ नम्बर पिलर रहेकै स्थानमा देशसञ्चारसँग भनिन्, ‘यो पिलर केही समयअघि पुरानो भत्काएर नयाँ बनाएको पायौँ। नयाँ पिलरसँगै पुरानो पिलरका सिमेन्ट र बालुवाका टुक्रा देखिएको छ।’

 

प्रकाशित मिति: : 2020-10-04 19:08:02

प्रतिकृया दिनुहोस्