ब्रिक्सको १२ औँ शिखर सम्मेलन नोभेम्बर १७ मा हुने

एजेन्सी

काठमाडौं

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ ।  सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२ औँ सम्मेलन हुन लागेको हो । 

सम्मेलनमा विषेश गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ ।  अहिलेको सम्मेलनको अध्यक्ष रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ । 

यी देशका नागरिकको जीवनस्तर र गुणस्तर बृद्धि गर्ने बारेमा यी देशका नेताहरुले छलफल गर्ने सम्मेलन व्यवस्थापन गर्ने अधिकारीहरुले जनाएका छन् ।  कोरोनाका कारण विश्वभरी उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने जनाइएको छ । 

प्रकाशित मिति: : 2020-10-06 00:34:51

प्रतिकृया दिनुहोस्