बालिका बलात्कार आरोपमा ३५ वर्षीय युवक पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ।

घरमा कोही नभएका बेला शनिबार साँझ बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ७ का ३५ वर्षीय पाँचु सरदार रहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।

पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध सोमबारै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: : 2020-10-06 08:03:25

प्रतिकृया दिनुहोस्