विगत २३ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको शरीरमा अक्सिजनको स्याचुरेसनको मात्रा ९० प्रतिशत घटेको अस्पतालले जनाएको छ।
अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्वासको गति बढेको, अत्यधिक थकान लाग्ने र चक्कर लाग्नेलगायतका समस्या देखिएको जनाएको छ। जुनसुकै समयमा डा. केसीको अवस्था गम्भीर भइ आईसीयूमा लैजानुपर्ने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ ।
“सुगरको मात्रा पनि कम भएको र पोटासियमलगायतका तत्व पनि कम भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
गत भदौ २९ गते जुम्लामा ६ बुँदे माग राखेर सत्याग्रह सुरु गरेका थिए । सत्याग्रहको २३ औँ दिन पुग्दा पनि सरकारले डा. केसीसँग वार्ता समिति नबाएको केसी सहयोगी प्रितम सुवेदी बताउँछन् ।
डा.केसीको जीवन रक्षाको माग राख्दै दैशैभरका चिकित्सकहरु आकस्मिक र कोभिड बाहेका सेवा बहिस्कार गरेर धर्ना दिएका छन् ।