माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

माछापुच्छ्रे बैंक (MBL) को शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षबाट प्रस्ताव गरेको ७.०३ प्रतिशत बोनसको बिहीबार बुकक्लोजसँगै शेयरमा मूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकको ७.०३ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता २३१.७१ रुपैयाँ तोकेको छ । बैंकको बुधबार २४८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

बैंकले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आज (असोज २२ गते बिहीबार ) शेयरधनी दर्ता किताब बन्द गरेको हो । यसअनुसार असोज २१ गते बुधबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयर रजिष्ट्रारको दर्ता किताबमा कायम रहने शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले कात्तिक ६ गते बिहीबार होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बाइसौँ साधारण सभा बोलाएको छ । जुम भिडियो कन्फ्रेन्स मार्फत सभा आयोजना गरिने हुँदा साधारण सभामा मन्तब्य राख्न चाहने शेयरधनीले बैंकले उपलब्ध गराएको इमेल ठेगाना तथा फोन नम्बरमा सम्पर्क गरी मिटिङ्ग आईडि र पासकोड लिनुपर्ने जनाइएको छ ।

सभाले सञ्चालक समितिबाट प्रस्तावित ७.०३ प्रतिशत बोनस (५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ) शेयर र ३.७३ प्रतिशत (२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ) नगद लाभांश बोनस शेयर र नगद लाभांंशमा लाग्ने कर सहित अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसैगरी माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न।गाभिन मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने अर्को मुख्य एजेण्डा रहेको छ ।

यसका लागि सभाले बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने, गाम्भे।गाभिने सम्झौता गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने र नियामक निकायबाट बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संसोधन तथा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक परिमार्जन थप।घट तथा परिमार्जन गर्न अख्तियारी प्रदान गर्नेछ ।

यसैगरी सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभाले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरण र आव २०७७/७८ का लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित मिति: : 2020-10-08 09:29:11

प्रतिकृया दिनुहोस्