चलचित्र, सांगीतिक भिडियो तथा टिकटक खिच्दा प्रहरीलाई जानकारी नदिए कारवाही हुने

प्रहरीको पोसाकको दुरुपयोग हुने क्रम बढेपछि कुनै पनि कार्यमा प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र गर्न आग्रह गरिएकाे छ।

पछिल्लो समय विभिन्न चलचित्र, टेलिचलचित्र,सांगीतिक भिडियो तथा टिकटकमा समेत नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेकाले प्रहरीलाई जानकारी नदिइ प्रयोग गरेको पाइएमा कारबाही गर्ने प्रहरी प्रधान कार्यालय नक्सालले चेतावनी दिएको हो।

एक सूचना जारी गर्दै यदि कसैले जानकारी नदिइ प्रहरीको पोसाक प्रयोग गरेर कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। 

सूचनामा भनिएको छ, 'प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार इकाइको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ।'

प्रकाशित मिति: : 2020-10-08 15:40:26

प्रतिकृया दिनुहोस्