भारतका केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको निधन

भारतका केन्द्रीय सरकारका मन्त्री तथा प्रख्यात नेता राम विलास पासवानको निधन भएको छ।

केहि समयदेखि बिरामी रहेका उनको ७४ वर्षकाे उमेरमा बिहीबार निधन भएको हो।

उनको शनिबार मुटुको शल्यक्रिया गरिएको थियाे। शल्यक्रिया सफल भएपनि केही घण्टा पछि उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाे थियाे।

 त्यसपश्चात स्वास्थ्य स्थिति गम्भीर बन्दलै गएकाेर अन्त्यमा उनकाे निधन भएकाे पारिवारीक स्रोतले बताएको छ।

करिब पाँच दशकदेखि भारतीय राजनीतिमा रहेका उनी भारतका अग्रणी दलित नेता हुन्। 

उनी मोदी सरकारमा खाद्य तथा सार्वजनिक वितरण मन्त्री समेत रहेका थिए। 

उनी लोक जनशक्ति पार्टीका संस्थापक नेता हुन्।
 

प्रकाशित मिति: : 2020-10-09 06:54:29

प्रतिकृया दिनुहोस्