दिपिका पादुकोण, प्रभास र अमिताभ वच्चन एउटै पर्दामा

एजेन्सी

मुम्बई

भारतीय फिल्म उद्योगमा तीन दिग्गज कलाकारहरु पर्दामा एकैसाथ देखिने भएका छन् । बलिउड अभिनेत्री दिपिका पादुकोण, साउथका सुपरस्टार प्रभास र महानायक अमिताभ बच्चन चाँडैनै वैजयन्ती मुविजको एक फिल्ममा देखिनेछन् । वैजयन्ती मुवीजले आधिकारीक रुपमा घोषणा गरेको यस फिल्ममा दिपिका र प्रभासको साथमा अमिताभ बच्चनले पनि स्क्रिन सेयर गर्ने छन् ।

वैजयन्ती मु्वीजले एक भिडियो सेयर गर्दै यो कुराको घोषणा गरेको हो । रिलिज भएको भिडियोमा अमिताभलाई फिल्मको एक झलकमा देखाइएको छ । यो फिल्म ठुलो हुने भिडियोबाट नै अन्दाज गर्न सकिन्छ । यस फिल्मको निर्माता अश्विनी दत्त हुनेछन् ।

निर्माता आश्विनी दत्तले एक पटक ‘स्वर्गिय लेजेन्डरी अमिताभ बच्चनको आफु प्रंशसक भएको बताएका थिए । उनले लामो समयपछि अमिताभ बच्चनसँग प्रतिष्ठित फिल्ममा काम गर्नु आफ्नो लागि धेरै गर्व र सौभाग्यको कुरा भएको बताएका छन् ।

फिल्मका निर्देशक नाग अश्विनले अमिताभ बच्चनले धेरै विकल्पमा हाम्रो फिल्मलाई चयन गरेकोमा आफु भाग्यशाली भएको बताएका छन् । यो फिल्म अवश्य पनि सफल हुने आशा गरेका छन् । यस फिल्मको टाइटलको बारेमा भने केही बताइएको छैन् । यो फिल्म २०२२ मा रिलीज हुनेछ ।

प्रकाशित मिति: : 2020-10-09 14:24:05

प्रतिकृया दिनुहोस्