छातीमा समस्या देखिएपछि डा. केसीको सिटी स्क्यान गरिँदै

अनशनरत डा. गोविन्द केसीको छातीमा समस्या देखिएपछि सिटी स्क्यानका लागि लगिँदै। तस्बिरः डाक्टर तोसिमा कार्की

अनशनरत डा. गोविन्द केसीको छातीमा समस्या देखिएपछि सिटी स्क्यान गरिने भएको छ । उनलाई त्रिवि अस्पतालमा रहेका डा. केसीलाई त्यहीँको सिटी स्क्यान रूममा लगिएको छ । 

चिकित्सा शिक्षामा सुधारलगायतका ६ बँदे माग राखेर २६ दिनदेखि अनशनरत डा. केसीलाई निमोनियाको लक्षण देखिएको उनका सहयोगी तोसिमा कार्कीले बताइन् । मेडिकल टिमले जाँच गर्दा निमोनियाको लक्षण देखिएको छातीको सिटी स्क्यान गर्न लागिएको हो ।

१९औँ पटक अनशन बसेको २६ दिन बितिसक्दा पनि सरकार र डा. केसीबीच सहमति हुन सकेको छैन । बिहीबार डा. केसी र सरकारी टोलीबीच भएको वार्तामा ड्राफ्ट तयार पारिएको भए तापनि सरकारी निकायले छलफल गरिरहेकाले वार्तामा ढिलाइ भएको छ ।

डा. केसीका प्रतिनिधि सरकारी टोलीको प्रतीक्षामा छन् । सरकारी वार्ता टोलीको नेतृत्व शिक्षासचिव गोपिनाथ मैनालीले र डा. केसीकोतर्फबाट डा. जीवन क्षेत्रीले गरेका छन् ।

प्रकाशित मिति: : 2020-10-09 15:32:30

प्रतिकृया दिनुहोस्