दिलिप कुमार दास उर्फ झगरू र कांग्रेस नेता महेश चौधरीबीचको विवादले यतिबेला सिरहाको लहान तरंगित बनेको छ।
गत सोमबार बिहान लाहान चोकस्थित जयनेपाल चिया पसलमा झगरू र कांग्रेसका स्थानीय नेता बिष्णु गुप्ताबीच महेश चाैधरीबारे गरिएको टिकाटिप्पणीलाई लिएर विवाद भएको हो।
विवाद चुलिँदै गएपछि शैलेन्द्र यादवले फोन गरेर महेशलाई बोलाएपछि विवाद हात हालाहालको तहसम्म पुगेको थियो।
करिब दुई घण्टासम्म चलेको भनाभन र विवाद साम्य बनाउन प्रहरीले लाठी चार्ज गर्नु परेको थियो।
कुनैबेला दिलिपले लहानलाई आफ्नो मुठ्ठीमा राखेका थिए। विवाह बन्धनमा बाँधिएपछि साधारण जीवन बिताइरहेका झगरू लामो समयपछि झैं–झगडामा उत्रिएका हुन।