क्रिशल र एलिनाको आयो ‘लगन जुरेर’

गीतकार गणेश उप्रेतीको शब्द रहेको गीत ‘लगन जुरेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल आइडलबाट चर्चामा आएका गायक क्रिशल कँडेल र गायिका एलिना चौहानको स्वर रहेको गीत एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा गीतकार गणेश उप्रेतीको शब्द रहेको छ भने सगीत संयोजन पुरुषोत्तम सुवेदीले थरेका हुन्।

गीतमा गायक क्रिशल र गायिका एलिनाका साथै गीतकार गणेश र कलाकार खेम बाको जोडदार अभिनय रहेको छ।

यस म्युजिक भिडियोको निर्देशन शक्ति प्रजोल घिमिरे गरेका हुन्। 

यस्तै भिडियाको कोरियोग्राफअर प्रबिन थापा हुन्।

यस म्युजिक भिडियोको छायाँङकन नमराज घिमिरेले गरेका छन्।

श्रोता र दर्शकहरूको चाहाना अनुसार गीत ल्याइएकोले दर्शकहरूले अत्यधिक मन पराउने गीतकार उप्रेतीको विश्वास छ। 

गीतकार उप्रेतीका यस अघि थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्।

प्रकाशित मिति: : 2020-10-12 13:04:00

प्रतिकृया दिनुहोस्